श्रद्धा प्रसाइलाई दर्शकले फिल्म मिस्टर भर्जिनमा देखे । तर, यो फिल्म हेर्न गएका दर्शकले उनलाई नोटिस गरेनन् । किनकी, उनी एउटा गीतमा मात्र देखिएकी छिन् । श्रद्धा प्रसाइलाई हिरोइन बनाउन अभिनेता हसनराजा खानले ल्याएका हुन् । रोमियो सिनेमाबाट हिरोइन बन्न आएकी श्रद्धा पछि यसबाट निकालिइन् । यसपछि उनले दर्पण छायाँ २ बाट डेब्यू गरिन् ।

सिनेमा सुपर असफल भयो । यसपछि उनी प्रेमगीत २ मा छोटो भूमिकामा देखिइन् । सिनेमा हिट भयो, श्रद्धालाई कुनै फाइदा भएन । नेपाली फिल्ममा चर्चित हिरोइन बन्ने सपना बोकेकी यी हिरोइन अहिले सिनेमा बिहिन छिन् । केही म्यूजिक भिडियोमा देखिएतापनि श्रद्धालाई दर्शकले नोटिस गरेका छैनन् ।
पुरा फिल्मकी हिरोइन बन्न आएकी श्रद्धा अहिले फिल्ममा एउटा गीतमा देखिदा पनि दंग छिन् ।

For More videos Log on to Mazzako TV