दिपालाई दिपकको जन्मदिन शब्द कोसेली : गतसाल उत्कृष्ठ साथी, योबर्ष पुरै शब्दकोस तयार
अनिल पंगेनी,
दिपाश्री निरौला आज ४३ औँ जन्मदिन मनाउँदै छिन्, । २०३२ साल भदौ ७ गते बिराटनगरको कहेलिटोल वडा नम्बर ५ मा बुवा तुल्सी प्रसाद निरौला र आमा गीता देवी निरौलाको कोख बाट जन्मेकी हुन् । दिपा अहिलेकी सर्बाधिक चर्चामा रहेकी नेपाली सिने हस्ती मध्यकी एक हुन् ।

यसबर्ष दशैंमा रिलिज गर्ने भनिएको फिल्म ‘छक्का पन्जा ३’ नेपाली सफल चलचित्र सिरिज मध्यको पहिलो नम्बरमा पर्छ भन्दा फरक नपर्ला । यसै चलचित्रको निर्देशन सम्हालेकी दिपालाई चलचित्रको चर्चाले गर्दापनि नेपाली समाजमा नचिन्ने खसै छैनन् ।
दिपाको नाम कतै जोडिन्छ भने त्यहाँ दिपकको नाम नअटाउने कुरै भएन । अझ त्यसमाथि दिपाको बिशेष दिनमा । दिपकराज गिरी र दिपाश्री निरौला आजको सफल मुकाम चुम्नुअघिको २५–२६ बर्ष पहिलेको स्ांघर्ष र एक अर्कोको उबेलाको साथलाई मौकामिल्दा प्रसंसा गर्न चुक्दैनन् ।

दिपाश्रीको जन्मदिन बिशेष पारेर हरेक बर्षजस्तै दिपकले सामाजिक सन्जालामा यसबर्ष पनि भरपुर तारिफ अनि शुभकामना दिएका छन् ।‘
उनि लेख्छन्
बिहानै उठेर शब्दको फूलबारिमा छिरे
तिम्रा लागि सुन्दर शब्द टिप्छू भनेर,
यो शब्द टिपे पुगेन, अर्को शब्द टिपे पुगेन
सोचे शब्द खोज्न अझै धेरै मेहनत र जोश चाहिन्छ
शब्दले भन्यो” प्रयास ब्यर्थ छ उनको लागि त पूरै शब्दकोश चाहिन्छ ‘‘
..जन्मदिनको लाखौ शुभकामना तिमिलाइ!!!
अघिल्लो बर्ष दिपकले फेसबुक स्ट्याटसमा प्रिय साथी सम्झेर लेखेका थिए ।

सुख र दुख साथिलाइ जोख्ने तराज़ू पनि हो
तर तिमि हरेक अबस्थामा म भन्दा बजनदार रह्यौ
सबै प्रति दया भाब राख्ने ,कसैको ऑखामा ऑशु देख्न नसक्ने…
साथिहरू मध्यको उत्कृ्ष्ट साथि हौ जन्मदिनको लाखौ शुभकामना
तिमिलाइ………!!!!
For More videos Log on to Mazzako TV







