‘रेनी’ को ‘माया यो कस्तो माया’ (भिडियो)
भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ‘माया यो कस्तो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतमा गायिका मेलिना राईको स्वर छ । फिल्मका मुख्य कलाकार दीपक ढकाल र सनम मल्ल भिडियोमा फिचर्ड छन् ।

बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । नव–अभिनेत्री सनमले नै यस फिल्मको कथा लेखेकी हुन् । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।
For More videos Log on to Mazzako TV








