सञ्चारकर्मी चन्दाको यो तीजमा ‘घिनघिन मादल’ (भिडियो)
सञ्चारकर्मी तथा गायिका चन्दा खड्काको ‘घिनघिन मादल’ बोलको नयाँ तीज गीतको म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर खड्काले आफ्नो चौथो सांगीतिक एल्बम ‘संगी’ बजारमा ल्याएकी हुन् । राजकुमार बगरको शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वाट तीज गीत समावेश गरिएको छ ।
घिनघिन मादलको एरेन्ज कमल सौरागले गरेका हुन । म्यूजिक भिडियोको निर्देशन तथा छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन्, भने सम्पादन निसान घिमिरेको रहेको छ । गीतमा नृत्य निर्देशन आयस्वर लिम्बुको रहेको छ । भिडियोमा रिना न्यौपाने र गायिका खड्का स्वयमको अभिनय रहेको छ । उनले गत बर्षहरुमा पाएको सफलतापछि चौथो एल्बम घिन घिन मादल बनाउन हौसला मिलेको बताएकी छिन् ।
For More videos Log on to Mazzako TV