निकितासँग पूजाको कुरा मिल्यो
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र अभिनेत्री पूजा शर्माको कुरा मिलेको छ । करिब २ सातादेखि देखिएको निकिता र पूजाको विवाद मिलेको हो । पूजाले निकितालाई भेटेपछि फेसबुकमा तस्बिर राख्दै आफूहरुको कुरा मिलेको बताएकी छिन् ।
उनले, निकितासँग भेट भएपछि सबै असमझदारी हटेको समेत बताएकी छिन् । अभिनेत्री पूजा शर्मा निर्मात्री रहेको सिनेमा रामकहानीसँग रोजी सिनेमा भिड्ने पक्का भएपछि पूजाले यो भिडन्तमा निकिताको हात रहेको भन्दै स्टाटस लेखेकी थिइन् । उनले, निकिताले फिल्म भिडाउनका लागि गरेको योजनाको प्रमाण आफूसँग भएको समेत बताएकी थिइन् ।
तर, मंगलबार भएको भेटमा पूजा र निकिताले एक अर्काविच भएको असमझदारी हटाउने काम गरेकी छिन् । निकितासँग भेटेपछि आफूमा सकारात्मक तरंग उत्पन्न भएको पूजाको भनाई छ । भदौ २२ गतेबाट रामकहानी र रोजी सिनेमा रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV