हट दीपिका, रोमान्टिक दिपक
फिल्म रिलिज हुन २ महिना पनि बाँकी नरहेको समयमा फिल्म छक्का पन्जा ३ को यूनिट भने छायांकनमा नै व्यस्त छ । अहिले यो सिनेमाको एउटा गीतको छायांकन नवलपरासीमा भैरहेको छ । नवलपरासीमा रहेको सीजी ग्रुपको परिसरमा सिनेमाको एउटा गीतको छायांकन भैरहेको छ ।
पछि उमेर ढल्किन्छ बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा कोरियोग्राफर कविराज गहतराजले कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल र वुद्दि तामाङलाई देखाएका छन् । पुरुषोत्तम प्रधानले यो सिनेमा खिचिरहेका छन् । यो गीतको छायांकन सकिएपछि फिल्मको छायांकन पनि सकिनेछ ।
सिनेमा दशैको अवसर पारेर रिलिज हुनेछ । गीतमा अभिनेत्री प्रसाई हट देखिएकी छिन् भने अभिनेता गिरी रोमान्टिक देखिएका छन् । दीपाश्री निरौलाले यो सिनेमाको निर्देशन गरेकी हुन् ।
For More videos Log on to Mazzako TV