बलिउड अभिनेत्री सन्नी लियोनी र नेपाली फिल्मका अभिनेता अनुप विक्रम शाहीले एकसाथ फिल्ममा काम गर्ने भएका छन् । पासवर्ड नामको सिनेमामा सन्नी र अनुपसँगै देखिन लागेका हुन् । यो सिनेमाको छायांकन लण्डनमा हुँदैछ । सिनेमालाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् ।

फिल्ममा अनुप र सन्नीसँगै छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, प्रविण खतिवडा मुख्य भूमिकामा छन् । सिनेमाका लागि सन्नी भारतबाट लण्डन पुग्नेछन् । सिनेमाको छायांकन अगष्टको २६ तारिखबाट सुरु हुँदैछ । सिनेमाको कथावस्तुको बारेमा केही पनि खुलाइएको छैन । फिल्ममा अनुप र सन्नी जोडीको रुपमा देखिन्छन् या देखिदैनन्, त्यो पनि खुलेको छैन ।

सन्नीले यो सिनेमामा काम गरेवापत १ करोड पारिश्रमिक लिएको चर्चा समेत छ । सिनेमालाई नेपाली भाषामा बनाइनेछ । प्राविधिक भने बलिउडबाट लैजाने तयारी गरिएको छ । हिरल जोशी र अमित बस्नेतले फिल्ममा लगानी गर्न लागेका हुन् । बिक्रम जोशी क्रिएटिभ डाइरेक्टर रहेको फिल्ममा एलिश अधिकारी फस्र्ट एडीको रुपमा रहने छन् ।

 

For More videos Log on to Mazzako TV