‘कथा काठमाडु’ को ‘धुलोमाण्डु’ (भिडियो)
संगीता श्रेष्ठको लेखन र निर्देशनमा निर्माण भएकोे फिल्म ‘कथा काठमाडु’ को शिर्ष गीत ‘धुलोमाण्डु’ सार्वजनिक भएको छ । हरिवंश आर्चायको स्वर रहेको गीतमा बुलेट फ्लोले र्याप हानेका छन् । शब्द, संगीत र संगीत संयोजन सुरज विक्रम थापाको रहेको छ ।

विजय राईको लगानी रहेको यस फिल्ममा प्रियंका कार्की र प्रमोद अग्रहरी, सञ्जोग कोइराला र सन्ध्या केसी तथा आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी तीन जोडीको अभिनय रहेको छ । लुज सिंहले छायांकन गर्नेछन् भने मित्र गुरुङले सम्पादन गर्नेछन् । फिल्म असोज १२ गते रिलिज हुदैछ ।
For More videos Log on to Mazzako TV








