फिल्म ‘जय श्री दाम’ को अफिसियल फस्र्टलुक पोस्टर रिलिज गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ । ‘जय श्री दाम’ आगामी पौष २० बाट दर्शकमाझ आउनेछ । पोस्टरमा अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा पस्तुत छन् भने अभिनेत्री जेबिका कार्कीलाई स्थान दिइएको छैन । राजन खतिवडा पण्डितको भेषमा देखिएका छन् भने, अमृत र विनोदले गमलालाई नमस्ते गरेको देखिन्छ । यसले के प्रष्ट पार्छ भने फिल्म पुर्णतया कमेडी जनरामा निर्माण गरिएको छ ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मलाई बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’लाई मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । यो फिल्ममा संगीत सुशआन्त गौतमको छ । फिल्ममा अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV