गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए । रिलिज भएका चार चलचित्र मध्ये ब्यापारिक हिसाबले चलचित्र ’मिस्टर भर्जिन’ अगाडी देखिएको छ । चलचित्रले दर्शकबाट पाएको सकारात्मक प्रतिकृया कै कारण आजबाट उपत्यका बाहिर ’मिस्टर भर्जिन’ ले थप २३ हल पाएको छ । यस्तै काठमाडौंका मल्टिप्लेक्सहरुमा पनि थप शोहरु थपिएका छन् । चलचित्रलाई लिएर दर्शकहरुबाट राम्रो प्रतिकृया आइरहेकै कारण हलहरु बढेको र अझ आगमी दिनमा दर्शकको राम्रो उपस्थिती रहने बिश्वास रहेको निर्देशक बिशारद बस्नेतले बताए ।

चलचित्र ’मिस्टर भर्जिन’ यौन मनोबिज्ञानमा आधारित पहिलो कमेडी चलचित्र हो । फरक विषय बस्तुमा रमाइलो चलचित्र हेर्न पाहियो भन्ने खालका प्रतिकृया दर्शकबाट प्राप्त भईरहेको छ । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्युसनको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना स’ब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

For More videos Log on to Mazzako TV