पलसँग फिल्म बनाउने बिषयमा सुदर्शनको यस्तो जवाफ
अभिनेता पल शाहसँग निर्देशक सुदर्शन थापाले अर्को फिल्म बनाउन लागेको खबरले यतिबेला नेपाली मिडिया तताएको छ । सुदर्शनले पूजा र पललाई लिएर फिल्म बनाउन लागेको खबर आइरहेको थियो । तर, सुदर्शनले अहिले नै यो बिषयमा केही पनि नबोलेपछि यसले विवाद निम्तायो ।
अभिनेता पल शाहले निर्देशकले चाहनु भएको छैन भने आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए । यसपछि, समाचारमा सुदर्शन र पलको सम्बन्ध विग्रिएको खबर आइरहेको छ । यसैविच, निर्देशक सुदर्शन थापाले पल शाहसँग सिनेमा बनाउने कुरामा आफूले हो या होइन केही नभनेको बताएका छन् । उनले फिल्म रामकहानी रिलिजपछि मात्र आफूले यो बिषयमा जानकारी दिने बताएका छन् ।
उनले, हिजो पनि आज पनि र भोली पनि आफ्नो कुरा यही नै रहेको प्रतिक्रिया दिएका छन् । पलले भने सुदर्शनको टिम र उनको पार्टनरलाई आफ्नो अनुवन्धन मन नपरेको हुनसक्छ भन्दै प्रतिक्रिया दिएका थिए ।
For More videos Log on to Mazzako TV