जन्मदिनमा विपिनले लिए यस्तो संकल्प ?
अभिनेता विपिन कार्कीले आफ्नो जन्मदिन मनाएका छन् । उनी अभिनित फिल्म गोपीको छायांकन सेटमै उनले आफ्नो जन्मदिन मनाएका हुन् । गोपीको सेटमा केक काट्ने व्यवस्था भने फिल्मकी अभिनेत्री बर्षा राउतले गरेकी थिइन् । बर्षाले विपिनलाई सरप्राइज केक काट्दै जन्मदिनको शुभकामना दिएकी थिइन् ।

विपिनले फिल्मको सेटमा मिडिया र साथीहरुको साथमा केक काट्न पाउँदा खुशी लागेको समेत उल्लेख गरे । उनले जन्मदिनको अवसरमा आफूले कुनै पनि संकल्प नलिएको समेत बताएका छन् । आफूले जन्मदिनमा त्यस्तो कुनै योजना नबनाएको भन्दै सधै नै केक काटेर मनाउने गरेको बताए ।

आफूले पाएको भूमिकालाई सधै नै कथा अनुसार निर्वाहा गर्न लागिपर्ने उनको भनाई थियो । अभिनेत्री बर्षा राउतसँग आफ्नो फिल्मी सम्बन्ध मात्र नभएको विपिनले बताए । विपिनले आफू ३५ बर्षमा प्रवेश गरेको समेत सुनाए ।
For More videos Log on to Mazzako TV








