बर्षालाई बर्षाको धन्यवाद
अभिनेत्री बर्षा राउत र बर्षा सिवाकोटीको वाक युद्ध सकिने बाटोमा छैन । उनीहरु एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । बर्षा सिवाकोटीले एक अन्र्तवार्तामा आफूले फिल्म छाड्दा बर्षाले पाएको भन्दै आफूलाई धन्यवाद दिनुपर्ने बताएकी थिइन् ।
बर्षाको यो प्रतिक्रियामा पत्रकारहरुसँग कुरा गर्दै बर्षा राउतले उनलाई धन्यवाद दिएकी छिन् । आफूले अरुले फिल्म छाडेपनि राम्रो काम पाइरहेको भन्दै भगवानको कृपा सधै यस्तै रहोस् भनेर कामना समेत गरिन् । फिल्म गोपि बर्षा सिवाकोटीले छाडेपछि राउतले गरेकी थिइन् । यसपछि, उनीहरुको विवाद चुलिएको थियो ।
बर्षा राउतले मेरो पैसा खोई सिनेमा बर्षा सिवाकोटीले छाडेपछि आफूले गरेको भन्दा पनि आफू आएपछि उनले छाडेको समेत बताएकी छिन् । दुइ बर्षाको यो विवाद युद्ध कहिले सकिने हो पत्तो छैन ।
For More videos Log on to Mazzako TV