नक्कली नोट प्रकरणमा जेल परेका निर्माता माधव वाग्ले केही दिन अगाडि मात्र धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएपछि पहिलो पटक मिडियामा बोल्दै निर्माता वाग्लेले मिडियासँग चित्त दुखाए । आफूलाई अधिकांश मिडियाकर्मीले नजिकबाट चिन्ने भन्दै उनले समाचारमा अपराधी जस्तो गरिएको बताए ।

उनले, फिल्मको नाम पनि जोडिदिएको भए मान्छेले वास्तविकता वुझ्न सक्थेँ भन्दै नक्कली नोट प्रकरण भनेर अपराधी जस्तो बनाइएको गुनासो गरेका थिए । उनले, चलचित्र विकास बोर्डबाट अनुमती लिएर नक्कली नोट बनाएको पनि बताए । उनले फिल्मको नाम र आफ्नो जीवनको कथा उस्तै भएको सुनाए ।

चंगाचेट सिनेमाका लागि नक्कली नोट बनाउँदा वाग्ले पक्राउ परेका थिए । उनी २ महिना जेलमा बसेर धरौटीमा रिहा भएका थिए ।

For More videos Log on to Mazzako TV