विज्ञापन बजारमा प्रियंकाको राज
अभिनेत्री प्रियंका कार्कीले फिल्ममा मात्र काम गरेकी छैनन् । उनको डिमाण्ड विज्ञापनको दुनियाँमा पनि उस्तै छ । विज्ञापनको बजारमा प्रियंकाको राज छ भन्दा फरक नपर्ला । महंगो पारिश्रमिकमा उनले ठूला ठूला ब्रान्डका विज्ञापनमा काम गरिरहेकी छिन् ।

प्रियंका कार्कीको अहिले सार्वजनिक भएका विज्ञापन हेर्दा पनि उनको डिमाण्ड थाहा हुन्छ । व्रिटानिया विस्कुटको विज्ञापनका लागि ३२ लाख लिएकी प्रियंकाले विल सरफको विज्ञापनमा पनि काम गरेकी छिन् । यस्तै, उनको हालैमात्र रुस्लानको विज्ञापन पनि सार्वजनिक भएको छ ।

महंगो पारिश्रमिकमा विज्ञापनमा काम गरेर उनले लाखौ कमाएकी मात्र छैनन् विज्ञापन बजारमा एकलौटी राज गरेकी छिन् । फिल्ममा पनि उनको उपस्थिती बलियो छ ।
For More videos Log on to Mazzako TV








