के प्रेममा छिन् साम्राज्ञी ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हट केक बनेको छ । साम्राज्ञीको ब्रेकअप, प्रेम सम्बन्ध मिडियाका लागि चर्चामा छ । साम्राज्ञीको प्रेम केही समय अगाडि मयंक खड्कासँग टुटेको थियो । दुबैले एक अर्काको प्रेम टुटेको बताएका थिए ।
तर, प्रेम टुटेको खबर सार्वजनिक भएको केही समयमै साम्राज्ञी फेरि प्रेममा रहेको खबर सार्वजनिक भएको छ । उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणाको प्रेममा साम्राज्ञी परेको खबर सार्वजनिक भएको छ । साम्राज्ञीलाई देवांशले बोकेको फोटो सार्वजनिक भएको छ भने उनीहरुको पारिवारिक जमघटको तस्बिर पनि सार्वजनिक भएको छ ।
जसलेगर्दा उनीहरु प्रेममा रहेको खबरलाई बल मिलेको छ । साम्राज्ञी र देवांश ५ महिनादेखि प्रेममा रहेको खबर छ ।
For More videos Log on to Mazzako TV