आकाशले ‘ड्रिम गर्ल’ आश्मालाई ‘फूल टिपेर’ दिदैँ (भिडियो)
नायक आकाश श्रेष्ठ तथा नायिका आश्मा गिरी स्टारर फिल्म ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक भएको छ । ऋषिराज आचार्य निर्देशित फिल्मको ‘फूल टिपेर’ बोलको गीतमा युट्युब मार्फत सार्वजनिक गरिएको हो । र्सावजनिक गीतमा आकाश र आश्मा नै फिचर छन् भने, कलाकार लक्ष्मी गिरी र विल्सन विक्रम राइलाई पनि भिडियोमा देख्न सकिन्छ ।
अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको गीतमा दुर्गा खरेलले संगीकार पोखरेललाई साथ दिएकी छिन् । शब्द निर्देशक ऋषिराज आचार्यले आफैंले लेखेका हुन् । फिल्ममा निर्देशक आचार्य, अर्जुन शर्मा र रामेश्वर धितालको लगानी छ । फिल्म असोज १८ गतेबाट अलनेपाल सार्वजनिक हुदैछ ।
फिल्ममा आकाश, आश्मा र विल्सनसँगैसरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित, पूजा पराजुली, शिशिर भण्डारी, तुलसी श्रेष्ठ रुपा सुवेदी, सुशिल पोखरेल, रश्मी भट्ट लगायतको अभिनय छ ।
For More videos Log on to Mazzako TV