‘रेनी’ नायिका सनमले मनाइन् जन्मदिन (फोटो फिचर)
यहि भाद्र ८ गतेबाट प्रदर्शन हुने फिल्म ‘रेनी’ की नायिका सनम मल्लको जन्मदिन मनाइएको छ । उनले आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संचारकर्मी फिल्म युनिट तथा आफन्तका साथ जन्म दिन मनाएकी छिन् । निर्माण टिम अहिले भदौ ८ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रको प्रचार प्रसारमा जुटेको छ ।
मितिको हिसाबले आफ्नो जन्म दिन भदौ ७ गते भए पनि तिथीले आईतबार परेकाले आईतबार नै आफुले जन्म दिन मनाएको अभिनेत्री सनमले बताइन् ।
त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको बताईएको यो चलचित्रलाई गिरिश रिजालले निर्देशन गरेका हुन्, भने चलचित्रमा दीपक ढकाल,सरोज खनाल,सुरबिर पण्डीत,सनम मल्ल,टंक डुम्रे, बिजय तिखातारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।