निमा रुम्बा र यशकुमार अभिनित फिल्म ‘छिरिङ’ को पहिलो गीत ‘तिमीले त मायामा‘’ सार्वजनिक भएको छ । यशकुमारकै संगीत, शब्द र स्वर समावेश गीत निकै मज्जाको छ । उनले विन्दु परियारसँग मिलेर गीत गाएका छन् ।
गीतमा निमा रुम्बा र नव नायिका कामना भुजेल प्रस्तुत छन् । गीतलाई हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप, स्याउबारी, सांग्रिला र हरियालीलाई खिचिएको छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

‘कागबेनी’ रिलिजको दशक भन्दा बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको ठुलो पर्दामा कमब्याक भएको हो भने यशकोे यसअघि ‘बाटो मूनिको फूल २’ रिलिज भएको थियो । ‘छिरिङ’ दुई पति भएकी एक युवतीले गर्नु परेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध बोकेको फिल्म हो ।

उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ । यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ।

For More videos Log on to Mazzako TV