भदौ २२ गतेबाट रिलिज हुन लागेको सिनेमा रामकहानीको प्रचारमा नयाँ आइडिया लगाइएको छ । अहिले सिनेमा प्रचारका लागि केही यूवाहरु सडकमा निस्किएका छन् । रामकहानीको टिसर्ट लगाएर उनीहरुले सिग्नेचर क्याम्पिएन चलाइरहेका छन् ।

रामकहानी लेखिएको टिसर्टमा सडकमा भेटिएका बटुवाहरुलाई उनीहरुले रामकहानीको सिग्नेचर गर्न लगाएका छन् । कुन टिसर्टमा बढी सिग्नेचर आउँछ भन्ने प्रतिस्पर्धा हो यो । जितेन्द्र खतिवडाले यो आइडिया फुराएका हुन् । सुदर्शन थापाले जनतासँग सिधै पुग्ने उद्देश्यले यो शैली अपनाएको बताए ।

पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई फिल्मका मुख्य कलाकार हुन् ।

For More videos Log on to Mazzako TV