अभिनेता प्रदिप खड्कालाई महंगो पारिश्रमिक लिएर बेला नामक सिनेमा खेल्ने तयारी गरेका छन् । यो सिनेमालाई डाक्टर सिंह गुरुङले निर्माण गर्न लागेका हुन् । सिनेमालाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् ।

अहिले रामबाबु फिल्मको कथा लेख्न बसेका छन् । यो सिनेमालाई लभ स्टोरी र सामाजिक कथामा तयार पारिनेछ । अभिनेता प्रदिप खड्काले सिनेमाका लागि मौखिक कुरा भएको तर लिखित संझौता नभएको बताएका छन् ।

निर्माता गुरुङले भने प्रदिपले फिल्म साइन गरिसकेको बताएका छन् । यो सिनेमाका लागि प्रदिपले पारिश्रमिक पनि महंगो लिएका छन् । तर, नाफाको प्रतिशत अनुसार उनको पारिश्रमिक घटी र बढी हुनेछन् । तर, प्रदिपले ४० लाख सिनेमा सुपर फ्लप भएपनि पाउने निर्माताले बताएका छन् ।

For More videos Log on to Mazzako TV