अभिनेत्री आँचल शर्मा र पूजा शर्माविच सम्बन्ध राम्रो छैन । आँचलले लेखेको एउटा स्टाटसले पूजा र उनीविच झनै सम्बन्ध विग्रिएको छ । यही भएर पनि यी दुई नायिकाहरु अहिले पानी बाराबारको अवस्थामा छन् । आइतबार राजधानीको कुमारी हलमा फिल्म ब्ल्याकको विशेष शो राखिएको थियो ।

आयोजना गरिएको सेलिव्रेटी शोमा केही कलाकारलाई फिल्म हेर्न बोलाइएको थियो । तर, अभिनेत्री पूजा शर्मा निमन्त्रणा आएर पनि पुगिनन् । अभिनेत्री बर्षा राउतले पनि गोपीको छायांकन सुरु भएको छ भन्दै फिल्म हेर्न आउन नसक्ने बताइन् । अभिनेत्री पूजा शर्मा आँचलसँगको दुश्मनीका कारण फिल्म हेर्न नपुगेकी हुन् भन्ने चर्चा चल्यो ।

निर्देशक सुदर्शन थापा भने फिल्म हेर्न पुगेका थिए । फिल्म हेर्न अभिनेता पल शाह मात्र कुमारी हल पुगेका थिए ।

 

For More videos Log on to Mazzako TV