रिलिज मात्र होइन फिल्म देखाउने पनि प्रतिस्पर्धा
नेपाली फिल्मको बिषयमा पत्रकारिता गर्दै आएका पत्रकारहरुले शुक्रबार नयाँ अनुभव गरे । किनकी, उनीहरु दिनभर सिनेमाको बिषयमा कलम चलाउन भन्दा पनि सिनेमा हेरेरै विताए । आजबाट ४ सिनेमा रिलिज भएका छन् । जसमा ३ सिनेमाका निर्मातालाई आजै पत्रकारलाई फिल्म देखाउन हतार भयो ।

जसलेगर्दा बिहान साढे ३ बजेदेखि बेलुकी ५ बजेसम्म पत्रकारले फिल्म नै हेरे । बिहान मिस्टर भर्जिन, त्यसपछि ब्ल्याक र त्यसपछि जय शम्भु को प्रेश शो राखिएको थियो । रमाइलो कुरा के भने, तीनै फिल्मको प्रेश शो राजधानीको कुमारी हलमा आयोजना गरिएको थियो ।

सिनेमा चलाउनका लागि प्रतिस्पर्धा गरेका निर्माताले फिल्मको शो राख्न पनि प्रतिस्पर्धा गरे । तर, तिनै सिनेमाको व्यापार आज औषत मात्र छ । दर्शकले तिनै सिनेमालाई मिश्रित प्रतिक्रिया मात्र दिएका छन् ।









