के प्रदिपलाई ५० लाखको अफर आएको हो ?
अभिनेता अनमोल केसीका लागि आइरहेको ५० लाख पारिश्रमिकको अफर अब अर्का अभिनेता प्रदिप खड्कालाई पनि आएको छ । उनलाई ३ सिनेमाबाट ५० लाखको अफर आएको वुझिएको छ । प्रदिप ३ फिल्ममध्ये १ फिल्म गर्ने सोचमा छन् ।
तर, उनले तिनै फिल्म फाइनल भने गरेका छैनन् । लभ स्टेशन फिल्मका निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गर्ने फिल्मका लागि प्रदिपले रुची देखाएका छन् । पुराना निर्माता डाक्टर सिंह गुरुङले उनलाई यो अफर गरेका छन् । प्रदिपको फिल्मको लाइनअप धेरै छ । रोजी, लभ स्टेशन, भैरवी, प्रेमगीत ३ मा प्रदिप काम गर्ने तयारीमा छन् । उनले, कुन फिल्म कसरी गर्छन् भन्ने खुलेको छैन ।
तर, नेपाली फिल्ममा अभिनेता अनमोल केसीसँग प्रतिस्पर्धा गरिरहेका प्रदिपले अब ५० लाखको फिल्म गरे भने उनी पनि महंगा अभिनेता बन्नेछन् । उनले २५ लाख लिएर फिल्म गरिसकेका छन् ।
For More videos Log on to Mazzako TV