४ फिल्म हलमा, जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे
आज भाद्र १ गते, हलमा चार नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । यो शुक्रबारबाट जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा आएका हुन् । मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् । यो फिल्मले यौन मनोबिज्ञानको कथा बोल्छ । चलचित्रमा तीन वयस्क युवा छन् जो आफ्नो यौन चाहना पुुरा गर्ने भौतारिरहेका हुन्छन् । सोही क्रममा उत्पन्न भएको बाधा अवरोधलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटा लगायतकाको अभिनय छ ।

त्यस्तै अर्काे एक्सन प्रदान फिल्म जय शम्भुु प्रदर्शनमा आएको छ । फिल्ममा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । यो चलचित्रमा अनुप, प्रशान्त तथा वर्षाका अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
आजबाट नै फिल्म ’ब्ल्याक’ प्रदर्शनमा आएको छ । फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूूमिका रहेको छ । लभस्टोरी जनरामा बनेको फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।
यता अर्को चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको हो । कमेडी जनरामा बनेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोला लगायतका कलाकारले अभिनय रहेको छ भने चलचित्रलाई नक्कली प्रचण्ड बनेका प्रदीप पाठकले लेखेका हुन् भने निर्माण पनि उनैले गरेका हुन् । चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV







