शुक्रबारदेखि रिलिज हुने ४ फिल्म मध्ये ब्ल्याक पनि एक हो । यो सिनेमा विशेष हुनुको थुप्रै कारण छन् । तर, अभिनेत्री आँचल शर्माका लागि भने यो सिनेमा विशेष छ । किनकी, करिअरमा पहिलो पटक उनले अभिनेता पल शाह विना सिनेमा खेल्न लागेकी छिन् ।

पल शाहविना आँचलले सिनेमा खेलेकाले पनि उनका लागि बक्स अफिसको व्यापार महत्वपूर्ण छ । पल शाहकै कारण आँचल चलेकी हुन् भन्ने चर्चा छ । यो अवस्थामा ब्ल्याक चलेको खण्डमा आँचललाई दर्शकले पत्याउनेछन् । तर, मल्टिप्लेक्स हलमा यो सिनेमाले दयनिय शो पाएको छ । काठमाण्डौको सबैभन्दा धेरै हल भएको क्यूएफएक्सले यो सिनेमालाई जम्मा १ शो दिएको छ ।

सिंगल हलमा पनि हिन्दी र नेपालीको चर्को भिडन्त छ । यस्तो अवस्थामा आँचलले आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ । के आकाश श्रेष्ठसँगको जोडीको रुपमा आँचलले आफूलाई प्रमाणित गर्लिन् त ?

For More videos Log on to Mazzako TV