सलिनको यात्रा साढे २ करोडको
अभिनेता सलिनमान बनियाँले काम गरिरहेको सिनेमा यात्राको छायांकन अझै सकिएको छैन । सिनेमाको छायांकन नसकिदा निर्माताले भने महंगो बजेट खर्च गर्नुपरेको छ । केशव भट्टराई र सुशिल पोखरेलले मिलेर बनाइरहेको यो सिनेमालाई सम्राट शाक्यले निर्देशन गरिरहेका छन् ।

निर्देशकले एउटै दृश्यका लागि थुप्रै समय लगाउँदा छायांकनको अवधी लम्किएको हो । यो सिनेमाको बजेट पनि आकाशिएको छ । निर्माता मध्येका एक सुशिल पोखरेलले साढे २ करोडमा सिनेमा रिलिज हुने बताए । सिनेमामा सलिनमान बनियाँ, सलोन बस्नेत, मल्लिका महत लगायतका कलाकारको मुख्य भूमिका छ ।
भ्लगको कथामा यो सिनेमा बनेको छ । ए मेरो हजुर २ बाट स्टार बनेका सलिनको यो महत्वकांक्षी सिनेमा हो ।
For More videos Log on to Mazzako TV







