पल नयाँ फिल्मको तयारीमा
फिल्म शत्रु गते रिलिज भएपछि अभिनेता पल शाह मौन बसेका छन् । नयाँ सिनेमाका लागि ३ महिनापछि मात्र काम गर्ने बताएका पलले ४ महिना वितिसक्दा पनि केही बोलेका छैनन् । तर, अब भने उनी नयाँ फिल्मको तयारीमा लागेका छन् ।
हाल पल नयाँ सिनेमाको वर्कशपमा व्यस्त छन् । पल शाहले काम गर्न लागेको नयाँ सिनेमा लभ स्टोरी कथामा तयार हुनेछ । यो सिनेमाको बारेमा अहिले केही पनि बताइएको छैन । पलले पनि भदौको पहिलो हप्ता पत्रकार सम्मेलन गरेर सिनेमाको बारेमा जानकारी दिने बताएका छन् ।
आखिर पलले यो नयाँ सिनेमाका लागि यति धेरै गोप्यता किन राखेका होलान् । पलले काम गर्न लागेको सिनेमाको छायांकन भदौको दोश्रो हप्ताबाट सुरु हुनेछ ।
For More videos Log on to Mazzako TV