खगेन्द्रको अव्यवसायिकता
टलकजंग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपतिमा काम गर्दा कलाकार खगेन्द्र लामिछानेमा जिम्मेवारी वोध झल्किएको थियो । उनीबाट राम्रो सिनेमाको आशा दर्शकले पनि गरेका थिए । तर, सिनेमा गोपीसम्म आइपुग्दा खगेन्द्र पैसामुखी भएका हुन् कि भन्ने तर्क हुन थालेको छ ।
सिनेमाको कथावस्तुमा सुरुवातदेखि आफू नै बसेर काम गरेका खगेन्द्रले अन्तिम समयमा आएर सिनेमा छाडिदिए । उनले सिनेमा छाडेपछि यसको टोलीले विपिन कार्कीलाई फाइनल गरेको छ । तर, सिनेमा छायांकनमा जानु भन्दा केही दिन अगाडि मात्र खगेन्द्रले कथा चित्त नवुझेको, कथाको प्लट नै परिवर्तन गर्नुपर्छ भन्ने जस्ता तर्क दिएर सिनेमा छाडे ।
यसले खगेन्द्रमा व्यवसायिकता कमजोर बन्दै गएको हो कि भन्ने चर्चा चल्न थालेको छ । निर्माताले खगेन्द्रले छाडेपछि आफूहरु तनावमा केही दिन बिताएको बताएका छन् ।
For More videos Log on to Mazzako TV