प्रदिप, साम्राज्ञी र नीती एकसाथ
अभिनेता प्रदिप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको एकसाथ फिल्म खेल्ने चाहना त पुरा भएको छैन । तर, अब उनीहरुले एकसाथ स्क्रिन भने शेयर गरेका छन् । डीसहोमको विज्ञापनका लागि उनीहरुले एकसाथ पर्दा शेयर गरेका हुन् ।

यो विज्ञापनमा मोडल नीती शाह पनि देखिदैछिन् । प्रदिप र साम्राज्ञीले आफूहरुले एकसाथ सिनेमा खेल्न चाहेको बताएका छन् । तर, अहिलेसम्म उनीहरुलाई त्यो अवसर जुरेको छैन । नीती शाहले भने अहिलेसम्म सिनेमामा मन गरेकी छैनन् ।
भैरवी सिनेमामा साम्राज्ञी र प्रदिपले काम गर्ने चर्चा चलेको थियो । प्रदिपले सिनेमा साइन गरेपनि साम्राज्ञीले भने गरेकी छैनन् । तर, विज्ञापनमै भएपनि उनीहरुलाई एकसाथ देख्ने दर्शकको चाहना भने पुरा भएको छ ।
For More videos Log on to Mazzako TV








