अभिनेता पुष्पल खड्काले छक्का पन्जा ३ साइन गरेर, सुटिङ सुरु भएपछि भूमिका नसुनाइएको भन्दै छाडेका थिए । निर्देशक दीपाश्री निरौलाले सिनेमामा उनको भूमिका सुनाएकी थिइन् । पुष्पलले पनि विशेष भएपनि मन परेको भूमिका भएकाले काम गरेको बताएका थिए ।

तर, उनले पछि निर्माता दिपकराज गिरीले फिल्मको कथा र आफ्नो भूमिका सुनाउन नमानेको भन्दै फिल्म नै छाडिदिए । उनै पुष्पले वुधबार घोषणा भएको दाल भात तरकारी सिनेमा भने कथा नै नपढी साइन गरिदिएका छन् । उनलाई आफ्नो भूमिका के हो भन्ने नै थाहा छैन । तर, पनि कलाकार हरिवंश आचार्यको विश्वासमा उनले फिल्म साइन गरिदिए । यसमा आफ्नो पूर्ण भूमिका भएकाले काम गर्न लागेको पुष्पलले बताएका थिए ।

पुष्पलले भूमिका चित्त वुझाएको सिनेमा छाडेर कथा नै नपढी नयाँ सिनेमा साइन गरिदिएका छन् । के छक्का पन्जा ३ छाड्नुको गल्ती चाडै नै पुष्पलले महशुश गर्लान् त ?

For More videos Log on to Mazzako TV