चर्चित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ । मङ्गलबार ‘बाडुली’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी(मगर)को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

गीतको म्युजिक भिडियोमा मोडल तथा नायक सुनिल क्षेत्री र अलिशा शर्माको डान्स तथा अभिनय देख्न सकिन्छ । पहिल्लो समय निकै चर्चित बनेका सुनिदको यो भिडियोले मज्जाको प्रतिक्रिया पाइरहेको छ । भिडियो मा सुनिलको अभिनय हेर्दा निकै मेहनत देखिन्छ । अन्य भिडियोमा भन्दा ‘बाडुली’ धेरै मेहनत गरेका सुनिल बताउँछन् ।

छोटो समयको भिडियोले पनि धेरै कुरा बोलेको छ । भिडियोमा मुना मदनको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा दुई कलाकारले पाँच वटा क्यारेक्टर निर्वाह गरेका छन् । जहाँ सुनिल सुकुम्बासीदेखि डाक्टरसम्म बन्न भ्याएका छन् । सुनिलकै निर्देशनमा बनेको भिडियो आकर्षक बनेको छ । टङ्क केसीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV