यहि भाद्र २२ गतेबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँने फिल्म ‘रोजी’ नायक प्रदीप खड्काका ४ चरित्र झल्किने तश्बिर सार्वजनिक भएका छन् । यी तश्विरबाट के थाहा हुन्छ भने प्रदीप फिल्ममा ४ अवतारमा नै प्रस्तुत हुनेछन् ।


प्रदीपका ४ अवतार ‘रोजी’ निर्माताले सार्वजनिक गरेका हुन् । पहिलो तश्विरमा उनी सामान्य तर सोझा युवक, दोस्रोमा विद्यार्थी, तेस्रोमा नोस्टाल्जिक र चौंथोमा कुनै एक अपराधी टाइपका देखिन्छन् ।


नीरक पौडेल निर्देशित फिल्मले एक सोझो युवकको क्राइमतर्फको यात्रा र उतार चढाव कथा बोल्छ । प्रदीपसँग पहिलो पटक नायिका मिरुना मगर र परमिता राज्यलक्ष्मी शाहले स्क्रिन सेयर गरेका छन् ।

यता प्रेम गीतमा एकसाथ काम गरेकी अभिनेत्री पूजा शर्मा निर्मित तथा अभिननित फिल्म ‘रामकहानी’ समेत यशि डेटमा रिलिज हुदैछ ।

For More videos Log on to Mazzako TV