ब्रेकअपबाट किन बाहिरए रोहित ?
हेमराजले यसो भने निर्माता रोहित अधिकारीले द ब्रेकअप सिनेमा छाडेको बिषयमा अर्का निर्माता हेमराज वीसीले स्पष्टिकरण दिएका छन् । हेमराजको लगानी तथा निर्देशन रहेको सिनेमा द ब्रेकअपको इन्ड क्ल्याप पार्टीमा यो बिषय उठेको थियो । हेमराजले रोहित र आफूविच काम गर्दै जादा असमझदारी भएको बताए ।
यस्तो कुरा सिनेमामा काम गर्दै जाँदा धेरै फिल्ममा हुने भन्दै उनले आफूहरुविच नराम्रो सम्बन्ध नरहेको बताए । आफ्नो काम गर्ने स्टाइल एउटा रहेको र सबै त्यो काममा सहमत हुनै पर्ने नरहेको समेत हेमराजको भनाई थियो । उनले, सिनेमाको काम अगाडि बढिरहेको सुनाए ।
रोहितले छाडेपछि केही कुरा मिलाउन समय लागेकाले भदौ १५ गतेबाट सिनेमा रिलिज गर्न नसकेको उनको भनाई छ ।
आशिरमान देशराज कार्की, शिल्पा मास्के र इच्छा कार्कीको यो फिल्ममा मुख्य भूमिका छ । नेपाल र अष्ट्रेलियामा फिल्मको छायांकन भएको थियो ।
For More videos Log on to Mazzako TV