नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तथा नव नायक धिरज मगर स्टारर फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को गीत रिलिज गरिएको छ । कोरियोग्राफर रेनशा राई निर्देशित फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ को ‘लण्डनमा’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।


असोज ५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको गीतको भिडियोमा नायिका साम्राज्ञी र नव नायक धिरज प्रस्तुत भएका छन् । भिडियोमा हेर्दा धिराज रकस्टारको रुपमा प्रस्तुत छन् । यसअघि सार्वजनिक भएको ‘उडायो हावाले’ बोलको गीतको मज्जाको प्रतिक्रिया आइरहेको अबस्थामा यो गीत सार्वजनिक गरिएको हो ।

सुजिल कर्माचार्यको शब्द र स्वर रहेकोे गीत नबिन किशोर राई, कुमार बस्नेत र ‘दन्तैमा’ गीतबाट प्रभाबित भनिएको छ । आइ कोर फिल्मको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रभु शमसेर राणा र प्रज्वल शमसेर राणाले लागानी गरेका हुन् ।

For More videos Log on to Mazzako TV