अभिनेत्री बर्षा राउतले अर्की अभिनेत्री बर्षा सिवाकोटीलाई गोपी फिल्ममा रिप्लेस गरेकी छिन् । भदौ ३ गतेबाट सुरु हुन लागेको सिनेमाको छायांकनको केही दिन अगाडि मात्र बर्षाले अर्की बर्षालाई रिप्लेस गरेकी छिन् । अभिनेत्री बर्षा सिवाकोटीलाई यसको निर्माण टिमले केही दिन अगाडि मात्र फाइनल गरेको थियो ।

तर, फिल्म छायांकनमा जानु अगाडि बर्षाको ठाउँमा बर्षा राउतलाई भित्राइएको हो । योसँगै अब यो फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, बर्षा राउत मुख्य भूमिकामा हुनेछन् । दिपेन्द्र लामाले निर्देशन गर्न लागेको यो सिनेमालाई सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ।

श्रीधर पौडेल फिल्मका कार्यकारी निर्माता हुन् । बर्षा राउतले बर्षा सिवाकोटीलाई मेरो पैसा खोइबाट पनि रिप्लेस गरेकी थिइन् ।

For More videos Log on to Mazzako TV