निर्देशक योगेश घिमिरेले राधा सिनेमा बनाएपछि अब यसको पछाडि २ झुन्ड्याएर नयाँ फिल्म बनाउन लागेका छन् । संजय न्यौपानेलाई निर्माताको रुपमा लिएर योगेशले पूर्वका विभिन्न स्थानमा फिल्म खिच्नेछन् ।

यो सिनेमाका लागि उनले बसन्त सापकोटा, महाराज थापा, दिपक शर्मालाई संगीतकारको रुपमा रोजेका छन् । राधामा योगेशले शिर्ष भूमिकामा अभिनेत्री संचिता लुइटेललाई लिएका थिए । सिनेमाले औषत नै व्यापार गरेको थियो । अब भने योगेशले राधा २ मा अभिनेत्री प्रियंका कार्कीलाई फाइनल गरेका छन् ।

प्रियंकाको मुख्य भूमिका रहने फिल्मको छायांकन भदौको दोश्रो साताबाट सुरु हुनेछ । फिल्ममा २ जना अभिनेता पनि हुनेछन् । तर, अभिनेताको बिषयमा केही पनि खुलाइएको छैन ।

For More videos Log on to Mazzako TV