रामकहानीसँग रोजी जुध्नुमा आफ्नो हात नभएको प्रदिपको स्पष्टिकरण
अभिनेता प्रदिप खड्काले भदौ २२ गते रिलिज हुन लागेको आफू अभिनित सिनेमा रामकहानीसँग रोजी जुध्नुमा आफ्नो दोष नभएको बताएका छन् । उनले, यसको योजनाकार पनि आफू नभएको बताए । फिल्मका निर्माता र वितरकको सल्लाहाअनुसार नै मिति तय भएको उनले बताएका छन् ।

प्रदिपले रोजी र रामकहानी भिड्दा फाइदा दुबै फिल्मलाई हुने तर्क समेत गरे । दुबै सिनेमाको अहिले राम्रो प्रचार भैरहेकाले फाइदा दुबैलाई हुने उनले बताए । प्रदिपले गीतमा निलो कोट लगाउँदा आलोचना धेरै भएकाले यसपटक आफूले निलो कोट रोजीको गीतमा नलगाएको पनि बताए ।
प्रदिपले रोजी उत्कृष्ट सिनेमा बनेको र हरेक कलाकारले यस्तो सिनेमा गर्न चाहने पनि धारणा राखे । निरक पौडेलले निर्देशन गरेको यो सिनेमामा प्रदिपलाई मिरुना मगर र परमिता आर एल राणाले साथ दिएका छन् ।
For More videos Log on to Mazzako TV








