कुनै बेला फिल्मका कलाकारलाई राजधानी बाहिरका दर्शकले त के संचारकर्मीले पनि भेट्न मुश्किल पथ्र्यो । सिनेमा चलेपछि दर्शकलाई हलको बालकोनीमा बसेर हात हल्लाउन मात्र कलाकार पुग्ने गर्थे । तर, अहिले मोफसल पुगेर सिनेमाको पब्लिसिटी नगरे त्यो अधुरै काम हुन्छ जस्तो भएको छ ।

फिल्म प्रचारका लागि अहिले हरेक दिनजसो कुनै न कुनै सिनेमाको टोली मोफसल पुग्ने गरेको छ । यो साता रिलिज हुन लागेका ब्ल्याक, जय शम्भु र मिस्टर भर्जिनको टोलीले मोफसल पुगेर सिनेमाको प्रचार गरेको छ । एकपछि अर्को सिनेमाका कलाकार आउँदा स्थानियबासी र संचारकर्मी पनि खुशी हुने कुरा भैहाल्यो ।

हरेक हप्ता रिलिज हुने सिनेमाका कलाकार मोफसलमा झुल्कदा काठमाण्डौमा मात्र सिमित सिनेमाका कलाकारले राजधानी बाहिरका दर्शक र मिडियासँग साक्षात्कार गर्न पाएका छन् ।

 

For More videos Log on to Mazzako TV