नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंहले नाई नभन्नु ल ५ मा सानो भूमिका गरेकी छिन् । निरुतालाई पर्दामा हेर्ने दर्शकको चाहना त यसले पुरा गर्ला तर तिर्खा भने नमेटाउला । अब, उनै निरुता एउटा सफल ब्यानरको फिल्ममा देखा पर्दैछिन् त्यो पनि मुख्य भूमिकामा ।

मह संचार र किरण केसीले बनाउन लागेको सिनेमा दाल भात तरकारीमा निरुता जोडिएकी हुन् । उनी यो सिनेमामा अभिनेता हरिवंश आचार्यको जोडीको रुपमा देखिनेछिन् । सिनेमामा पुष्पल खड्का र अभिनेत्री स्वस्तिमा खड्का जोडिएका छन् ।

यो सिनेमालाई आउँदो बर्षको वैशाख १३ गतेबाट रिलिज गर्ने तयारी पनि छ । सिनेमालाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV