डिल्ली फोम्बो एण्ड ‘द बिमोक्स ब्याण्ड’ को नयाँ गीत सार्वजनिक (भिडियो)
डिल्ली फोम्बो र द बिमोक्स ब्याण्डले नयाँ ‘रातकी रानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । मेहेन्द्र राई र डिल्ली फोम्बोको शब्द संगीत रहेको गीतमा डिल्लीको स्वर सुन्न सकिन्छ ।बिमोक्स ब्याण्डमा लिड गिटारमा समीर, बेस गिटारमामा इशाक र रिदम गिटारमा क्षितिज रहेका छन् । त्यस्तै ड्रममा पल गहतराज छन् ।
नेरेन लिम्बु निर्देशित भिडियोमा सन्ना छिरिङ गुरुङको अभिनयले मन लोभ्याउँछ । ब्रायन राईले खिचेको भिडियोलाई बिनय कंशाकारले सम्पादन गरेका हुन् ।
पछिल्लो समय मौलिक नेपाली गीतसंगीतको अध्ययन अनुसन्धानमा ब्यस्त डिल्ली चाँडै यसै बिषयमा पुस्तक बजारमा ल्याउँने तयारीमा रहेको बताउँछन् ।
अहिलेको पुस्ताले मौलिक नेपाली गीतसंगीतलाई त्यती महत्व नदिएको बताउँछन् । उनीले पुर्व नेपालको लिम्बु समुदायको ‘हाक्पारे’ गीतको बिषयमा बृत्तचित्रको समेत तयारी गरिरहेका छन् । डिल्लीले रंक शैलीनै भएपनि नेपालीपनलाई प्राथमिकता दिने बताए ।
For More videos Log on to Mazzako TV