गायक सम्राट न्यौपानेको तिम्रो रुपले बोल को गीत सार्बजनिक भएको छ ।अहिलेकी ब्यस्त नायिका सुरक्षा पन्त र सौरभ न्यौपानले रोमान्स गरेको उक्त गीतमा संगीत र एरेन्ज गायक स्वयम कै रहेको छ ।

शब्द बिकास साप्कोटाको रहेको छ भने यस भिडियो लाई सुमन श्रेष्ठले कोरियोग्राफी गरेका हुन । हिन्दी सिनेमाको गीत भन्दा कम नदेखिने भिडियोलाई काठमाडौंका बिभिन्न रमणिय लोकेशनमा छायान्कन गरिएको छ ।
बनिरहेका म्युजिक भिडियो भन्दा पृथक रहेको यस गीतलाई पवन सस्लिङले सम्पादन गरेका हुन । ७० को दशकको हिन्दी सिनेमाको झल्को देखिने यस गीतबाट गायक सम्राटले नेपाली संगीत जगतमा छुट्टै पहिचान बनाउने छन भन्नेमा कुनै दुइ मत छैन गायकले आफ्नै नामको युट्युब च्यानलबाट भिडियो लाई सार्बजनिक गरेका छन ।

For More videos Log on to Mazzako TV