दात भात तरकारीमा पुष्पल ?
अझै पनि, मंगलम जस्ता फिल्म खेलेपनि दर्शकले मोडल पुष्पल खड्कालाई हिरोको रुपमा स्विकार गरेका छैनन् । किनकी, पुष्पलले हिरोको रुपमा चल्नका लागि अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । अब, उनै पुष्पलले एक ठूलो ब्यानरको सिनेमा पाएका छन् ।

उनले शत्रु गतेका निर्माताले बनाउन लागेको दाल भात तरकारीमा काम गर्न लागेको खबर बाहिरिएको छ । किरण केसी र मह संचारले बनाउन लागेको कमेडी जनराको यो सिनेमामा पुष्पलले साइन गरिसकेका छन् । उनी १ महिनादेखि वर्कशपमा व्यस्त रहेको वुझिन्छ । हिरोइनका लागि स्वस्तिमा खड्कासँग पनि कुरा भैरहेको छ ।
स्वस्तिमाले फाइनल जवाफ दिएकी छैनन् । सिनेमालाई यही बर्ष रिलिज गर्ने योजनाका साथ काम अघि बढाइएको छ । किरणका छोरा सुदन केसीले यो सिनेमा निर्देशन गर्दैछन् ।
For More videos Log on to Mazzako TV







