आर्यनको कयरा कमाई कति ? (भिडियो)
अभिनेता आर्यन सिग्देल तथा साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म कायराले एक हप्तामा १ करोड ६२ लाख ग्रस कलेक्सन गरेको छ । यो वर्ष रिलिज भएका अन्य फिल्मको लाईफटाईम कलेक्सनलाई पनि पछि पार्दै १ करोड ६२ लाख ग्रस कलेक्सन गरेको हो ।
पहिलो दुई दिनमा ९५ लाख प्लस ग्रस कलेक्सन गरेको फिल्मले आईतबारबाट अल नेपाल १६ लाख, सोमबार १८ लाख , मंगलबार १३ लाख , बुधबार ११ लाख र बिहिबार ९ लाख कलेक्सन गरेको थियो । सात दिनको हिसाव जोड्दा कायराको कूल कलेक्सन १ करोड ६२ लाख देखिएको छ । जसमा राजधानीबाट ९२ लाख र मोफसलको ७० लाख छ ।
यो बर्ष सवैभन्दा बढी कोहलपुर एक्सप्रेसले १ करोड ३३ लाख कलेक्सन गरेको थियो । डमरुको डन्डीवियोले १ करोड २८ लाख, सुनकेसरीले १ करोड २७ लाख र बबीले १ करोड कारोबार पार गरेको छ । यस्तै १ करोड नजिकको कारोबार गर्ने फिल्ममा भैरे लाई राख्दा फरक नपर्ला । कयरा आजबाट दोश्रो हप्तामा प्रवेश गरेको छ ।
For More videos Log on to Mazzako TV