कुनै समय गायक निमा रुम्बाको क्रेज यति धेरै थियो कि, उनको गीत सुन्न श्रोताहरु मरिहत्ते गर्थे । उनको क्रेज चुलिएको थियो । तर, अहिले निमा रुम्बाको क्रेज पहिलेको जस्तो छैन । निमा रुम्बा गायनमा चलिहरँदा उनले फिल्म कागबेनीमा अभिनय पनि गरेका थिए । उनी र अभिनेत्री दिया मास्केको अन्तरंग दृश्य पनि चर्चामा थियो ।

तर, यसपछि निमाले फिल्म खेल्ने हिम्मत गरेनन् । तर, अब उनलाई गायक यश कुमारले हिरो बनाएका छन् । निमाले अभिनय गरेको छिरिङ सिनेमा असोज १२ गते रिलिज हुने भएको छ । यो सिनेमा फेरि हिरो बनेका निमाको पुरानो क्रेज फर्किन्छ कि फेरिदैन थाहा छैन ।

तर, निमाले कागबेनी रिलिज भएको लामो समयपछि पर्दामा फर्किने सोच भने बनाएका छन् । नेपालमा गायनबाट हिरो बनेका कोही पनि सफल भएका छैनन् ।

For More videos Log on to Mazzako TV