एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको फिल्म भैरेको सिक्वेल बन्ने भएको छ । भैरे २ बनाउने घोषणा गरिएतापनि कलाकार भने फाइनल गरिएको छैन । भैरे नेपालमा हिट भएको भन्दै सक्सेस पार्टी दिइएको हो । तर, बक्स अफिसमा फिल्म असफल भएको हो ।

भैरेका मुख्य कलाकार बुद्दि तामाङ, बर्षा सिवाकोटी कार्यक्रममा उपस्थित थिए । उनीहरु यसको सिक्वेलको घोषणा हूँदा हाँसिरहेका थिए । नेपालमा सिनेमाले व्यापार राम्रो गरेतापनि कमाइको आँकडा आएको छैन भन्ने जानकारी निर्माताले दिएका छन् ।

साउन ४ गतेबाट रिलिज भएको यो सिनेमामा दयाहाङ, सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । नेपालमा हिट भएको भन्दै सिनेमाको पार्टी गरेतापनि निर्माताको लगानी उठ्न भने सकेन ।

For More videos Log on to Mazzako TV