‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम र्पया छन्’ हलमा
साउन २५ अर्थात यो शुक्रबारबाट तीन नेपाली फिल्म रिलिज भएका छन् । सविर श्रेष्ठ निर्देशित ‘कहिँ कतै’, दिनेश पाख्रिनको ‘टिनएज’ र पुरन थापा निदेशित ‘पिरिम र्पया छन्’ प्रर्दशनमा खाएका हुन् ।
सोनम बरफुङ्गपा र सिवानी गिरीको प्रमुख भूमिका रहेको ‘कहिँ कतै’ मा दिलीप रायमाझी, किशोर खतिवडा, उमा ’बेबी’ गिरी लगायतको अभिनय छ । फिल्म पुर्णतया प्रेमकथा आधारित छ । फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । उमा स्वयमले निर्माण गरेको फिल्ममा सचिन सिंह र लक्की सिटौलाको संगीत छ ।
‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतको अभिनय रहेको छ ।
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
यस्तै, कमेडी जनरामा निर्माण भएको फिल्म ‘पिरिम र्पया छन्’ मा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालाको अभिनय छ ।
For More videos Log on to Mazzako TV