रातको कुराको आलोचनापछि कथा काठमाण्डौको नयाँ गीत रिलिज (भिडियो)
केहिदिन अघि सार्वजनिक भएको प्रियंका कार्की र प्रमोद अग्रहरी अभिनित फिल्म कथा काठमाण्डौको गीतको बिवाद आइरहेको अबस्थामा फिल्मको अर्काे गीत रिलिज भएको छ ।

संगीता श्रेष्ठ निर्देशित फिल्म कथा काठमाण्डौको ‘जुन अनि तारा’ बोलको गीतले सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको भिडियोमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय रहेको छ ।
दीपेश सुब्बाको शब्द, इसान सुब्बा संगीत रहेको गीतमा सुगम पोखरेलले स्वर दिएका छन् । आहाना फिल्मस्को ब्यानरबाट निर्माण भएको कथा काठमाडौँलाई ३ वटा कथालाई समेटिएको बताइएको छ । बिजय राईको निर्माण रहेको फिल्ममा छायाङ्कन भने लुजा सिंहको रहेको छ । चलचित्र आउँदो असोज १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।
For More videos Log on to Mazzako TV








