लामो भएको आलोचनापछि आर्यनले छोट्याए कायराको समय
शुक्रबारबाट रिलिज भएको सिनेमा कायरा लामो भएको प्रतिक्रिया आएपछि अभिनेता आर्यन सिग्देलले यो गुनासोलाई सुनेका छन् । सिनेमा लामो हुँदा दर्शक दिक्क भएको प्रतिक्रिया सुनेपछि आर्यनले करिब १५ मिनेट सिनेमालाई कम गरेका हुन् ।

अब करिब २ घन्टा ६ मिनेटमा यो सिनेमा सकिनेछ । आर्यन यही समयको फिल्म लिएर दुबई उडेका छन् । नेपाली फिल्म हलहरुमा दोश्रो शुक्रबारदेखि छोटो बनाइएको सिनेमा रिलिज हुनेछ । दोश्रो हाफ अत्यन्त लामो भएको, देखाउनु पर्ने कुरालाई स्लो गरेर देखाएको भन्दै आलोचना भएको थियो ।
पत्रकार, फिल्मीकर्मी र दर्शकले नै लामो भएको आलोचना गरेपछि आर्यन आफैले दृश्य काटेका हुन् । लक्ष्मण रिजालले निर्देशन गरेको यो सिनेमामा आर्यन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV








