अनुले स्विकार गरिन् सविनसँगको प्रेम
अभिनेत्री अनु शाहले लामो समयदेखि अभिनेता सविन श्रेष्ठसँगको प्रेमलाई अस्विकार गरेकी थिइन् । साथी मात्र भएको र व्यक्तिगत समस्याहरु पनि सुनाउने गरेको प्रतिक्रिया अनुको थियो । तर, यी दुई प्रेममा परेको लामै समय भएको खबर आइरहेको थियो ।

दुबैले बिहे गरेको खबर समेत बाहिरिएको थियो । तर, अभिनेत्री अनु शाहले सविनसँगको प्रेमलाई पहिलो पटक स्विकार गरेकी छिन् । उनी मेरा प्रेमी हुन्, आई लभ यू बेबी भने उनले स्टाटस नै लेखेकी छिन् ।
सविनसँग अंकमाल गर्दै गरेको तस्बिर पोष्ट गरेर अनुले औपचारिक रुपमा प्रेममा रहेको बताएकी हुन् । अनु र सविन अहिले दुबैजना सिनेमामा चम्किएका छैनन् । उनीहरु बिहे गर्ने मुडमा पुगेको श्रोतले बताएको छ ।
For More videos Log on to Mazzako TV








